शनि देवको पूजा कसरी गर्ने || Shani dev Puja Vidhi Mantra

शनि पूजाको लागी आवश्यक कुराहरु || Sani ko Barta ra Puja Vidhi Kasari garne
- कालो तिल, तेल, कालो वस्त्र, कालो मास शनि देवता लाइ अति प्रिय छ. यि सामाग्री चढाएर नै शनिको पूजा गरिन्छ ।
- शनि देवको पाठ. शनिस्त्रोत
शनिको व्रत शनिवार लिने गरिन्छ तर पनि शनि देवको व्रत साउन महिनाको पहिलो शनिवार बाट प्रारम्भ गर्दा अझ वढी लाभकारी मानिन्छ । शनिवारको दिन व्रतालुले शनिको मन्दिरमा गइ सनि देवको मुर्तिमा कालो तिल, तेल, कालो वस्त्र, गुड चढाइ पूजा आर्चना गर्ने गरिन्छ । शनिको साथै राहु र केतुको पनि पूजा गर्दा अझ वढी लाभदायक हुन्छ । व्रतको दिन पिपलको वोटमा जल चढाएर ७ वार परिक्रमा गर्नु पर्दछ ।
शनि पुजा बिधि तथा मन्त्र || Shani dev Puja kasari garne
शनि जयंतीमा प्रातस्काल उठेर स्नानादि गरेर शुद्ध होउ। त्यस पछी काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यस माथि शनिदेवको प्रतिमा राखौ। त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ। त्यसपश्चात शनिदेवलाई पंचगव्य, पंचामृत, इत्र बाट स्नान गराउ। उनिलाइ कालो या नीलो रंगको फूल चढाउ। त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ। पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ। यस दौरान शनि मंत्रको कम से कम एक माला जप गरौ।
शनि पुजा गर्दा यो मन्त्र को १०८ पटक जाप गर्दा शुभ हुन्छ।
पहिलो – शनि बीज मंत्र ऊं प्राँ प्रीं प्रौं सः शनैश्चराय नमः।
दोस्रो – विनियोग मंत्र शन्नो देवीति मंत्रस्य सिन्धुद्वीप ऋषिस् गायत्री छंदस्, आपो देवता, शनि प्रीत्यर्थे जपे विनियोग
तेस्रो – शनि गायत्री मंत्र ॐ कृष्णांगाय विद्य्महे रविपुत्राय धीमहि तन्नी सौरि प्रचोदयात।
शनि पुजामा ध्यान दिनु पर्ने कुरा || Shani dev ko puja kasari garne
- हरेक शनिवार मंदिरमा तोरिको तेलको दियो जलाउ। ध्यान राखौ कि यो दियो उनको मूर्तिको अगाडि नभएर मंदिरमा राखेको उनको शिलाको अगाडि जलाउ ।
- यदि आस(पास शनि मंदिर नभएमा पीपलको रुखको अघि तेलको दियो जलाउं। यदि त्यो पनि नभए तोरिको तेल गरीबलाई दान गरौ।
- शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेंट गरौ।
- भेंट पश्चात शनि मंत्र या फिर शनि चालीसाको जाप गरौ।
- शनि पूजा पश्चात हनुमान जी को पूजा गरौ। उनको मूर्तिमा सिन्दूर लगाउ र केला अर्पित गरौ