shiva puja

सोमवार पूजा विधि – Shiv Puja Vidhi and Mantra

सोमवार भगवान शिवजिको पूजा विधि मंत्र सहित – Monday Shiv Puja vidhi

सोमबार भगवान ‘शिवजी‘को पूजा गर्ने दिन हो। यस दिनमा भगवान shiv ji पुजाआरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन shiv ji को पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ।जुन व्यक्तको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।यसको दोष निवारणका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ । जसबाट शिव छिटो प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ । शिव पूजा मन्त्र : ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:

शिव पूजा विधि : सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दीप बालेर आरती गर्नुहोस्।

shiva puja
shiva puja and lord shiva image

कुमारी स्त्रीले राम्रो वर पाउनका लागि god shiv को पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि Shiv को पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक(छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ ।

सोमवार पूजा मन्त्र (Shiv Puja Vidhi Mantra)

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात ।। पूजा सुरुवात गर्नु भन्दा पहिला यस मन्त्रको उच्चारण गर्नुहोस। ‘नमः शम्भवाय च मयोभवाय च नमः शन्कराय च मयस्कराय च नमः शिवाय च शिवतराय च।। ईशानः सर्वविध्यानामीश्वरः सर्वभूतानां ब्रम्हाधिपतिर्ब्रम्हणोधपतिर्ब्रम्हा शिवो मे अस्तु सदाशिवोम।।

Listen God Shiv Aarti