लक्ष्मी पूजा विधि मंत्र सहित – Laxmi Puja Vidhi and Mantra

Laxmi Puja Vidhi and Mantra(लक्ष्मी पूजा विधि मंत्र)

In Nepal, laxmi Puja is celebrated on the third day of Dewali (Tihar), a five-day festival that end on Bhai Tika. Laxmi Puja is celebrated during one of the five days of the Tihar festival which is the second largest Hindu festival in Nepal. Laxmi is the goddess of wealth, and it’s customary to welcome her into your home on this day to receive a blessing from her. A puja is a religious ceremony in Hindu culture that involves leaving offerings for gods or goddesses to appease them.

laxmi puja bidhi- Laxmi pooja Mantra

लक्ष्मी पूजा विधि मंत्र- लक्ष्मी पूजन विधि मंत्र सहित

लक्ष्मी पूजा कसरी गर्ने धेरैलाई यसकाे विधिनुसार पूजा गर्न नआउन सक्छ । सम्झनुहाेस त हामी विधिनुसार पूजा गरेका छाैँ या छैनाैँ । दिपावली पूजाकाे लागि सबैभन्दा पहिला महा-लक्ष्मीकाे नयाँ प्रतिमा किन्नु आवश्यक छ । याे पूजा विधिमा लक्ष्मी  पूजा गर्नकाे लागि साेह्र चरण छन् । यसलाइर षाेडशाेपचार पूजाकाे नामले चिनिन्छ । लक्ष्मी पूजाको लागी लक्ष्मीको मूर्ति, सुन वा चाँदीका सिक्का, लक्ष्मी स्नानको लागि स्वच्छ कपडा, तौलिया कपडा, थैली, सफा कपडा, धूप, अगरबत्ती, माटोको दिपक, रुवा, माचिस, तेल, शुद्ध घीउ, दही, शखर र शुद्ध जल आदिको आवश्यकता पर्दछ । तथा पञ्चामृत मधुपर्क बेसार अथवा चुनाको पाउडर, चन्दनको चुरा, कलश, चामल, सेतो वस्त्र, हात पुछ्ने कपडा, कपूर नरिवल, मेवा, फूल, माला, दुबो, पानको पत्ता, सुपारी, खेलौना, मिठाई, फल, वस्त्र, साडी आदि । इलाइँची, केसर, सिन्दुर, कुमकुम, गिलास, चमच, प्लेट, कचौरापनि आवश्यक पर्छ ।

One of the most popular and enduring Hindu deities, the goddess Lakshmi symbolizes good luck. The word Lakshmi is derived from the Sanskrit word Laksya, meaning “aim” or “goal,” and in the Hindu faith, she is the goddess of wealth and prosperity of all forms, both material and spiritual.

लक्ष्मी पूजाको तयारी laxmi Puja mantra

पूजा गर्ने समयमा लक्ष्मी वा गणेशको मूर्ति उनको मुख पूर्व या पश्चिम राख्नुहोस् । लक्ष्मीलाई गणेशको दाहिना पारेर राख्नुहोस् । पूजानकर्ता मुर्तिको नजिक बस्नुहोस् । कलशलाई लक्ष्मीको नजिक चामलसँग राख्नुहोस् । नरिवललाई रातो वस्त्रमा लपेटेर राख्नुहोस ताकि नरिवलको अगाडिको भागमात्र देखियोस र कलशमा राख्नुहोस । यो कलश वरुणको प्रतिक हो ।

लक्ष्मी पूजा विधि laxmi ko Puja kasari garne

Laxmi puja bidhi

Traditions of Laxmi Puja mantra

On Lakshmi Puja, people buy gold and silver products, precious gemstones, new utensils of copper, brass, and bronze as a sign of good luck, prosperity, money and wealth. After lighting their houses with candles and lamps, these valuables are then used in the evening to worship Lakshmi.

After Rama defeated Ravaa to rescue Sita, as celebrated on the festival of Dashain, he returned home with Sita and his brother Lakshman. To help them find their way back home in the dark, people lit candles around the city. on the occasion of this, on Laxmi Puja, people light candles in their homes to guide Laxmi, in the hope that she will bestow good fortune on their home for the coming year

तपाइँ हातमा जलपात्रबाट थोरै जल लिएर मुर्तिलाई छर्कनुहोस् । साथसाथै मन्त्र पढ्नुहोस्…

ॐ पवित्रः अपवित्रो वा सर्वावस्थांगतोऽपिवा।
यः स्मरेत्‌ पुण्डरीकाक्षं व वाभ्यन्तर शुचिः॥
पृथ्विति मंत्रस्य मेरुपृष्ठः ग षिः सुतलं छन्दः
कूर्मोदेवता आसने विनियोगः॥

अब पृथ्वीमा जुन ठाउँमा आफ्नो आशन विछ्याउनुभएको छ त्यो ठाउँलाई पवित्र गर्नुहोस र माँ पृथ्वीलाई प्रणाम गर्दै मन्त्र भन्नुहोस्..

ॐ पृथ्वी त्वया धृता लोका देवि त्वं विष्णुना धृता।
त्वं च धारय मां देवि पवित्रं कुरु चासनम्‌॥
पृथिव्यै नमः आधारशक्तये नमः

अब मन्त्र भन्दै पानी छाड्दै जानुहोस्

ॐ केशवाय नमः
ॐ नारायणाय नमः
ॐ वासुदेवाय नमः
ॐ हृषिकेशाय नमः 

लक्ष्मी पूजा संकल्प- Laxmi Aarti

हातमा अक्षता, पुष्प र जल लिनुहोस् । केही द्रव्यपनि लिनुहोस । अब संकल्प गर्नुहोस अमुक व्यक्ति अमुक स्थान र समयमा अमुक देवी देवताको पुजा गर्न गइरहेको छु जसबाट मलाई फल प्राप्त होस् । सबैभन्दा पहिले गणेश वा गौरीको पूजा गर्नुहोस् । त्यसपछि वरुण अर्थात कलश पूजा गर्नुपर्छ ।

हातमा थोरै जल लिएर आव्हान वा पूजा मन्त्र बोल्नुहोस र पूजा सामाग्रीहरु चढाउनुहोस् । फेरी नवग्रहको पूजा गर्नुहोस्, हातमा अक्षता लिएर । त्यसपछि मातृका पूजा गर्नुहोस । त्यसपछि सोह्र माताको पूजा गर्नुहोस र रक्षाबन्धन हुन्छ । रक्षाबन्धन विधिमा मौलीसहित भगवान गणपतिमा चढाएर आफ्नो हातमा वांध्न लगाउनुहोस् र तिलकपनि लगाउनुहोस् ।
अब आनन्दचित्तले र निर्भय भएर महालक्ष्मीको पुजा प्रारम्भ गर्नुहोस् ।

लक्ष्मी पूजन विधि मंत्र सहित || Laxmi Puja mantras

Laxmi mata puja bidhi ra mantra haru

ॐ चपलायै नमः, पादौ पूजयामि ।
ॐ चञ्चलायै नमः, जानुनी पूजयामि ।
ॐ कमलायै नमः, कटिं पूजयामि ।
ॐ कात्यायन्यै नमः, नाभिं पूजयामि ।
ॐ जगन्मात्रे नमः, जठरौ पूजयामि । स्तनौ पूजयामि ।
ॐ विश्ववल्लभायै नमः, वक्ष:स्थलं पूजयामि ।
ॐ कमलवासिन्यै नमः, हस्तौ पूजयामि ।
ॐ पद्मानानायै नम:, मुखं पूजयामि । ॐ कमलपत्राक्ष्यै नम:, मुखं पूजयामि ।
ॐ श्रियै नमः, शिरः पूजयामि ।
ॐ महालक्ष्म्यै नमः, सर्वाङ्गं पूजयामि ।
अब महालक्ष्मीको निराजन आरति सङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुन:
ॐ अमलकमलसंस्था–तद्रजः पुञ्जवर्णा ।
करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।
मणिमुकुटवित्रतालङ्कृता कल्पजालै–
र्भवतु भुवनमाता सन्ततं श्रीः श्रियै नः ।।

यो मन्त्र द्वारा पुष्पाञ्जली गरेर आरतिलाई सितलगरि सबैजनाले आरतिलिनु र आफ्नो मनोकामना पूर्णहोस् भनि जगत् जननी महालक्ष्मीलाई साष्टाङ्ग प्रणामगरि आशिर्वाद लिनु पर्दछ । यसरी गरिएको पूजाबाट महालक्ष्मी प्रसन्नभई भक्तहरूको मनोकामना अवस्यनै पुरा गर्नुहुने धार्मिक विश्वास रहेकोछ । अस्तु ।।

माता लक्ष्मी आरती- Mata laxmi puja aarati >>

1 thought on “लक्ष्मी पूजा विधि मंत्र सहित – Laxmi Puja Vidhi and Mantra”

Leave a Comment

Your email address will not be published. Required fields are marked *