हनुमानको पूजा विधि तथा मन्त्रहरु || Hanuman Puja Vidhi and Mantra

हनुमानको पूजाका फाइदा तथा विधि- Benifit of Hanuman Puja Vrat

Hanuman ko Puja vrat बस्नाले शरीरको शुद्धीकरणमा फाइदा पुग्छ । मोटोपन कम गर्नु, आन्तरिक सन्तुलन र सुव्यवस्थाको स्थिति प्राप्त गर्नु, थकान र अनिद्रा भगाउनु यसको फाइदा हो । Hanuman Puja bidhi ko व्रतले संकल्प र शक्तिको विकास र दृढ रहनमा सहयोग गर्दछ । यदि मानिस वास्तवमै केही प्राप्त गर्न चाहन्छ भने तबसम्म ऊ Vrat बस्छ जबसम्म उसले चाहेको उद्देश्य पूरा हुँदैन । व्रतमा भोकै बस्नुपर्ने हुनाले तपाईंले खान मन गरे पनि तपाईंको इन्द्रीयको पुकार तपाईंको इच्छाशक्तिले नियन्त्रण गरिदिन्छ । यदि तपाईंको इच्छाशक्ति दृढ हुन सकेन भने तपाईं केही फलफूल र दूध पिउन सक्नुहुन्छ । Hanuman ko Puja vrat le मानिसलाई त्याग गर्न सिकाउँछ ।

hanuman puja vidhi on tuesday
Hanuman puja images

How to do Hanuman Puja at Home

Hanuman Puja at Home : मंगलवार बिहानको समयमा मैनबत्ती या दीप बाल्नुहोस् । बिहानको Hanuman को ध्यान गर्नुहोस् । केही धार्मिक ग्रन्थ पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् । जब बेलुका घर पुग्नुहुन्छ । हात खुट्टा धुनुहोस् । कपडा फेर्नुहोस् अनि चोखो खाना (प्रसाद) बनाउनुहोस् । जस्तै हलुवा, खीरलगायत खाना । खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् । यो मनन् गर्नुहोस् कि, व्रत या अन्य बेला खाना बनाउँदा पूर्ण रूपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खाना खाने मान्छेको आत्मा तृप्त हुन्छ ।

जब खाना (प्रसाद) तयार हुन्छ, ध्यान अथवा पूजा गर्ने ठाउँमा फलफूल र प्रसाद राख्नुहोस् । पूजास्थानमा दीप, मैनबत्ती या अगरबत्ती बाल्नुहोस् । प्रकाशलाई स्वयं भगवानको उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रह्माण्ड शक्तिको भेट मानिन्छ । त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवानको आरती गर्न सकिन्छ । त्यस समयमा भागवत् गीतालगायत आफ्नोअनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । या त फेरि भजन गाउँदै प्रार्थना गर्न सक्नुहुन्छ ।

मंगलबार हनुमानको व्रतको विधि || Hanuman KO Puja Kasari garne

Hanuman ko puja kasari garne: मंगलबार, सूर्योदय हुनुअघि उठ्नुपर्छ । दिनचर्यासँग काम गरेपछि नुहाउने सफा हुनुपर्छ । यस दिन रातो रङको लुगा लगाउनुलाई शुभ मानिन्छ । त्यसपछि God Hanuman लाई रातो फूल, सिन्दूर, कपडा चढाउनुपर्छ । हनुमानजीको मूर्तिको अगाडि श्रद्धाभावको साथ दीप जलाएर हनुमान चालीसा वा सुन्दरकाण्डको पाठ गर्नुपर्छ । बेलुका Hanuman लाई चनाको पीठोको लड्डु वा खीर चढाएपछि बेलुका साँझ खाना खानुपर्छ । Hanuman को Mangalwar उपवास बस्नेहरूले यस दिन ब्रह्मचार्य पालन गर्नुपर्छ । यो विश्वास छ कि मांगलिक डोसाबाट पीडित व्यक्तिहरू पनि मंगलबार उपवासबाट लाभान्वित हुन्छन् । यस उपवासलाई शनिको महादशा, ढैया वा साढेसतीको समस्या हटाउन पनि धेरै प्रभावकारी मानिन्छ । जीवनका सबै समस्याहरू पार गर्न र हरेक संकट र पीडाबाट मुक्ति पाउन, तल दिइएको मन्त्र जप गर्नुहोस् ।

Hanuman puja bidhi mantra

हनुमान पूजा मन्त्र- Hanuman Daily Mantra

Hanuman Daily Puja Mantra: मंगलबार साँझ हनुमानजीको अगाडि बसेर तलका मन्त्रहरूको कम्तिमा १०८ पटक वा धेरैपटक जप गर्नुहोस् । यस्तो मंत्र पढनाले तपाईंका सबै समस्या छिटै समाप्त हुनेछन् र जिवनमा चाहेको सवै मनकामना पूरा हुने छ ।

  • पहिलो मन्त्र – ओम् तेजसे नमः

  • दोस्रो मन्त्र – ओम् प्रशन्नात्मने नमः

  • तेस्रो मन्त्र – ओम् शुराई नमः

  • चौथो मन्त्र – ओम् शन्ताय नमः

  • पाँचौं मन्त्र – ओम् मारुतात्माजय नमः

  • छैटौं मन्त्र – ओम् हनुमन्ते नमः

१. एकैपटक सवै मनोकामना पुराउन चाहनु हुन्छ भने शनिबारको दिन यो Hanuman Mantra को जप १०८ पटक स्फटिकको मालाले जप गरेर हरेक काममा प्रयोग गर्नुस् हजुरको मनोकामना पुर्ती हुनेछ ।

।। ॐ महाबलाय वीराय चिरंजिवीन उद्दते ।
हारिणे वज्र देहाय चोलंग्घितमहाव्यये ।।

२. यो मन्त्रको जाप गर्नु पुर्व Hanuman Chalisa को पाठ गर्नुपर्ने छ । भगवान पवनपुत्रलाई लड्डुको भोग लगायत यो मन्त्र पढ्नु तत्काल सवै मनोकामना पुरा हुनेछ । यो मन्त्र मंगलबार साझ जप्नु पर्नेछ ।

ॐ महाबलाय वीराय चिरंजिवीन उद्दते।
हारिणे वज्र देहाय चोलंग्घितमहाव्यये।।

३. यकै साथ सवैभन्दा ठूलो समस्या हल गर्नु परेमा मंगलबारको दिन सूर्यास्त भइसके पछि २५१ पटक मुगाको मालाले जप्नु फाइदा हुन्छ ।

।। ॐ मारकाय नमः ।।

४. लाख कोसिस गर्दा पनि नोकरि लागेको छैन या व्यवसाय बाट फाइदा भएको छैन भने मंगलबार या शनिबार सूर्यास्तको समयमा गाईको घीउको बत्ती बालेर १ हजार पटक रूद्राक्ष ले गर्नु मनोकामना पुरा हुन्छ ।

।। ॐ पिंगाक्षाय नमः ।।

५. जीवनमा आइपर्ने थुप्रै समस्या हल गर्नु परेमा तल दिएका एउटा मंन्त्रको जाप मंगलबार देखि सुरू गर्दै ११ दिन सम्म गर्नु सवै मनोकामना पुग्दछ ।

ॐ तेजसे नम:।। ॐ प्रसन्नात्मने नम:।। ॐ शूराय नम:।। ॐ शान्ताय नम:।। ॐ मारुतात्मजाय नमः।। ॐ हं हनुमते नम:।।

हनुमान चालिसा मन्त्र:Hanuman chalisa

श्रीगुरु चरन सरोज रज, निज मनु मुकुरु सुधारि ।
बरनऊं रघुबर बिमल जसु, जो दायकु फल चारि।।
बुद्धिहीन तनु जानिके, सुमिरौं पवन-कुमार।
बल बुद्धि बिद्या देहु मोहिं, हरहु कलेस बिकार।।

हनुमानको साधना गर्दा केही नियमप्रति ध्यान दिनु भने जरूरी हुन्छ । जुन यसप्रकार छन्–

१. पूजा गर्दा ब्रह्मचर्य पालन गर्नु जरूरी छ ।
२. निश्छल सेवा भावना राख्नुपर्छ, क्रोध र अहंकारबाट टाढा रहनुपर्छ ।
३. हनुमानलाई ध्यु हालेर बनाइएको प्रसाद चढाउनुपर्छ ।
४. पूजा अनुष्ठानको बेला सकेसम्म नुनको प्रयोग पनि गर्नुहुँदैन ।

मंगलवारको दिन ब्रत बस्नुपर्छ, त्यस दिन नुन खानुहुन्न । Hanuman रामभक्त भएको हुँदा भगवान रामको पूजा गर्दा पनि हनुमान प्रशन्न हुन्छन् । तुलसीदास जीले रामलाई पुकार्दा उनलाई हनुमानजीको कृपा सहजै प्राप्त भएको थियो । यसका लागि नियमित रूपमा रामायणको पाठ गर्नु जरूरी हुन्छ । पूजाका लागि सकेसम्म एउटै समय राख्नु उपयुक्त हुन्छ । तुलसीदास भन्छन्- हनुमान चालीसाको प्रभाव अत्यधिक चमत्कारी हुन्छ, यसको नियमति ११ पटक गरे हनुमान प्रशन्न हुन्छन् । Hanuman साधनाको केही तांत्रिक प्रयोग र मन्त्र पनि छन् । त्यसको साधनाले हनुमानजीलाई खुसी पार्न सकिन्छ । शुक्ल पक्षको पहिलो मंगलबारदेखि रातो आसनमाथि हनुमानजीको प्रतिष्ठित मूर्तिको सामुन्ने दियो बालेर रातो चन्दनको माला वा मुंगको ११ मालालाई ४० दिन सम्म जपेपछि सिद्धि प्राप्ति हुने शास्त्रमा उल्ले छ ।

हनुमानका केही अन्य मन्त्रहरु-

ॐ नमो भगवते आन्जनेयाये महाबलाये स्वाहा’ यस मन्त्रको देवता Hanuman हुन्, यस मन्त्रलाई दश हजार पटक जप गरेर दशांस हवन गर्नुपर्छ । ॐ नमों हनुमते रुद्रावताराय विश्वरूपाय अमित विक्रमाय प्रकटपराक्रमाय महाबलाय सूर्य कोटिसमप्रभाय रामदूताय स्वाहा । ॐ नमो हनुमते रुद्रावताराय सर्वशत्रुसहांरणाय सर्वरोगाय सर्ववशीकरणाय रामदूताय स्वाहा । ॐ नमो हनुमते रुद्रावतराय वज्रदेहाय वज्रनखाय वज्रसुखाय वज्ररोम्णे वज्रनेत्राय वज्रदंताय वज्रकराय वज्रभक्ताय रामदूताय स्वाहा ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *