Ganesh puja at home

गणेश पूजा विधि तथा मन्त्र नेपाली – Budhwar Ganesh Puja Vidhi in Nepali

बुधवार गणेश पूजा विधि – Budhwar Ganesh Puja Vidhi in Nepali

बुधवारलाइ भगवान Ganesh को विशेष दिन मानिन्छ । गणपति ज्ञानका खानी हुन यिनिले ज्ञान र बुद्धि प्रदान गर्ने गर्दछन। भनिन्छ बुधवार गणेश भगवानको पूजा र मन्त्रले बुद्धि तेज र छिटो प्रगति गर्दछ । मानविय Financial Problem विस्तारै हट्दै जान्छ । God Ganesh लाई बुधबारको स्वामी मानिन्छ । भगवान गणेशको पूजाले व्यापारमा लाभ र व्यक्तिले आफ्नो क्षेत्रमा प्रगति गर्दछ । यदि बुध ग्रह कसैको कुण्डलीमा कमजोर वा अशुभ स्थितिमा छ भने बुधबार केहि उपायहरु गरेर बुधको स्थिति बलियो र शुभ बनाउन सकिन्छ । यसको कारण, व्यक्तिको भाग्यले पनि उसलाई साथ दिन थाल्छ । थोरै मेहनत गरेर प्रगति प्राप्त हुन्छ । God Ganesh को पूजा आराधना गर्ने मानिसको घर पैसा र अन्नबाट भरिएको हुन्छ र उनीहरुले जीवनमा पैसाको बारेमा कहिल्यै चिन्ता गर्नुपर्दैन ।

About God Ganesh Puja

God Ganesh is the elephant-headed god in Hinduism. Ganesh is the son of Shiva and Mata Parvati. Ganesha is a very popular god in Hinduism, and he was one of the most worshipped god. Hindu tradition states that Ganesha is a god of wisdom, success and good luck for everyone.

Ganesh puja at home
God ganesh puja mantra

गणेश पूजा विधि तथा मन्त्र- Vinayak Ganesh puja vidhi and Mantra

प्रथम पूज्य God Ganesh को Puja को सब भन्दा ठुलो दिन गणेश चतुर्थी हो । यस दिन सबैको घरमा गणेशको आवहान गरिन्छ। कुनै पनि कार्य सुभारम्भ गर्नु भन्दा पहिला God Ganesh को पूजा गर्ने चलन छ । गणेश चतुर्थीको दिन शुभ मूहुर्त हेरेर गणेशको प्रतिमा घरमा स्थापित गरिन्छ र पूजा गरिन्छ। Ganesh Bhagawan को पूजामा दैनिक प्रयोग हुन सामान्य मन्त्रहरु यस प्रकार छन ।

गणेश भगवान दैनिक प्रयोग हुने केही पूजा मन्त्र-Vinayak Ganesh Daily Puja Mantra

  • ॐ गं गणपतये नमः
  • श्री वक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा निर्विघ्नं कुरु मे देव सर्व-कार्येशु सर्वदा॥
  • ॐ श्रीं गं सौभ्याय गणपतये वर वरद सर्वजनं मे वशमानय स्वाहा।
  • ॐ वक्रतुण्डैक दंष्ट्राय क्लीं ह्रीं श्रीं गं गणपते वर वरद सर्वजनं मे वशमानय स्वाहा
  • ॐ हस्ति पिशाचि लिखे स्वाहा
  • ॐ एकदन्ताय विहे वक्रतुण्डाय धीमहि तन्नो दन्तिः प्रचोदयात्।

दैनिक गणेश पूजा मन्त्र- Daily Ganesh Puja Mantra

  • ॐ एकदन्ताय विद्महे वक्रतुंडाय धीमहि तन्नो बुदि्ध प्रचोदयात।।

यो गणेश गायत्री मंत्र हो। सच्चा मनले दिनमा १०८ वार यो मन्त्र जप गर्नु पर्दछ। यसबाट गणेश प्रशन्न हुन्छन्। यदि लगातार ११ दिन सम्म यो मन्त्र ध्यान पूर्वक पढेमा सबै पापको नास भइ मानवलाइ खुसी र शान्ति मिल्ने छ र सोचेको मनकामना पुरा हुनेछ ।

गणेश पूजाको सामग्री- Ganesh puja samagri

  • प्रातः काल नित्यकर्म, स्नानादि गरेर पूजा स्थलमा पवित्र आसनमा बस्ने. God Ganesh को प्रतिमालाइ गंगाजलले स्नान गराउने. यस पछी सबै पूजा सामग्री पुष्प, धूप, दीप, कपूर, रोली, मौली लाल, चंदन, मोदक आदि गणेश भगवानलाइ चढाउने र सबै देवताको आवहान गर्ने ।
God ganesh mangalvar puja
Ganesh puja at home in Nepali

गणेश भगवानलाइ के चढाउने? Ganesh Puja Mantra

  • भगवान गणेश लाइ खुसी राख्नका लागी पवित्र नटुटेको चावल अर्पित गर्ने। ‘इदं अक्षतम् ऊं गं गणपतये नम:’ मंत्र बोलेर तीन पटक श्री गणेश जी लाइ चावल चढाउने।

गणेश भगवानको आरती- Ganesh Aarti in Nepal

जय गणेश, जय गणेश, जय गणेश देवा।

माता जाकी पार्वती, पिता महादेवा।।

एकदंत, दयावन्त, चार भुजाधारी,

माथे सिन्दूर सोहे, मूस की सवारी।

पान चढ़े, फूल चढ़े और चढ़े मेवा,

लड्डुअन का भोग लगे, सन्त करें सेवा।। ..

जय गणेश, जय गणेश, जय गणेश, देवा।

माता जाकी पार्वती, पिता महादेवा।।

अंधन को आंख देत, कोढ़िन को काया,

बांझन को पुत्र देत, निर्धन को माया।

‘सूर’ श्याम शरण आए, सफल कीजे सेवा।।

जय गणेश जय गणेश जय गणेश देवा ..

माता जाकी पार्वती, पिता महादेवा।

दीनन की लाज रखो, शंभु सुतकारी।

कामना को पूर्ण करो जय बलिहारी।

बुधबार भगवान गणेशको पूजाका केही विशेष उपाय – Ganesh Puja Vidhi at Home

१. बुधबार भगवान गणेशको पूजा र पाठ गर्नुहोस् । भगवान गणेशलाइ मोदक वा लड्डू भेट गर्नुहोस् । यसपछि, साथ मै देवी लक्ष्मीको पूजा गर्नुहोस् । उनीहरुलाई गुलाबको माला अर्पण गर्नुहोस् र गाइको दुधमा खीर पकायर प्रदान गर्नुहोस् । यसपछि, उनीहरु दुबैलाई घरमा दयालु हुन प्रार्थना गर्नुहोस् । यो हरेक बुधबार गरेर, बुधको स्थिति केहि दिनमा सुधार हुन सुरु हुनेछ ।

२. यदि ऋण लागेको छ र तपाइले यसलाई तिर्न सक्नभएको छैन भने, खिर बनाएर बुधबार गाइलाई खुवाउनुहोस् ।

३. बुधबार God Ganesh लाइ २१ वा ४२ जावित्री चढाउनुहोस् । यसो गरेमा परिवारको वित्तीय संकट चाँडै टाढा जान सुरु हुनेछ ।

४. भगवान गणेशको मन्दिरमा जानुहोस् र Gog Ganesh लाइ लड्डु चढाउनुहोस् र देवी लक्ष्मीलाई कमलको फूल चढाउनुहोस् ।

५. बुधबार कुनै तेस्रो लिङ्गीलाई केहि दान गर्नुहोस् र उनीहरुबाट आशिषको रूपमा केहि पैसा लिनुहोस् । Puja गर्ने ठाउँमा यो पैसा राखेर धूप–दीप ले Ganesh को पूजा गर्नुहोस् । यस पछि, यसलाई हरियो कपडामा लपेट्नुहोस् र पैसा राखिएको ठाउँमा राख्नुहोस् । केहि दिन भित्र, तपाईको घरमा परिवर्तन आउन थाल्छ ।

Ganesh Puja Mantra- गणेश पूजा मन्त्र तथा विधि

पूजा विधिः

  • यदि तपाई गणेश भगवानलाई खुसी बनाएर शुभ फल प्राप्त गर्न चाहनुहुन्छ भने बिहानै नुहाएर वा सफाचोखो भएर, सफा लुगा लगाएर नजिकैको गणेश मन्दिरमा गएर पूजा गर्नुहोस् । मन्दिर नजाँदा घरमै बनाइएको पूजा कोठा वा पूजा गर्ने स्थानमा गणेशको मूर्ति, फोटो वा कुनै प्रतिमा राखेर पनि पूजा गर्न सकिन्छ ।
  • गणेश भगवानको मनपर्ने भोजन मिठाइ भएकाले सख्खर, चिनीलगायत गुलिया प्रसाद चढाउनु पर्दछ । विधिका लागि फल राखेपनि लड्डु, बर्फी, सख्खर राख्नु उपयुक्त हुन्छ । यदि मिठाइ उपलब्ध नहुँदा चिनि वा मिस्रीलाई नै मिठाइ मान्नुहोला भनेर गणेश भगवानलाई अर्पण गर्नुपर्दछ ।
  • भगवान गणेशको पूजा गर्दा नभई नहुने चिज भनेको घ्यू हो । घ्यू बिनाको पूजा गणेश भगवानले स्वीकार गर्नुहुन्न भनेर शास्त्रमा उल्लेख गरिएको छ । कतिपय अवस्थामा घ्यू नहुँदा तेललाई नै घ्यू मान्नुहोस् भनेर पूजा गर्न सकिन्छ । तर, त्यसले उचित प्रतिफल नपाइने गणेश पूजा विधिमा भनिएको छ । तसर्थ, चिताएको फल पाउन सकेसम्म घ्यू अर्पण गर्नुपर्दछ ।
  • भगवान गणेशलाई रातो रंग मनपर्छ । गणेशको पूजा गर्दा रातो फूल अनिवार्य हुन्छ । रातो फूल बिनाको गणेश पूजा अपूरो हुन्छ ।
  • गणेशलाई मकैको भोग लगाउनु भनेर पनि केही पूजा विधिहरुमा उल्लेख छ । सिजन र उपलब्धता अनुसार चिनी र घ्युमा मकैको परिकार बनाएर प्रसादका रुपमा गणेश भगवालाई अर्पण गर्नु उपयुक्त हुन्छ ।
  • गणेश भगवानलाई पूजा गर्दा बनाइने अक्षतामा अखण्ड चामल मात्रै प्रयोग गर्नुपर्छ । थोरै भएपनि सिंगो चामलको मात्र अक्षता बनाएर पूजा गरेमा मात्र मनोकांक्षा पूरा हुनेछ, अन्यथा जति विधि र विशाल यज्ञ गरेर पूजा गरेपनि गणेश भगवानले सो आराधाना स्वीकार नगर्ने गणेश पूजा विधिमा लेखिएको छ ।
  • गणेश खानाका सौखिन भगवान हुन् । मिठाइको सामान्य प्रसादले दैनिक पूजा सम्पन्न हुने भएपनि व्रत लिएर पूजा गर्दा भने १२ वटा विभिन्न मिठाइ वा परिकारको प्रसाद चढाउनु पर्दछ ।

गणेश पूजाको फल

  • गणेश भगवानलाई घ्यू अर्पण गर्दा उनी प्रसन्न भएर धनधान्यले परिपूर्ण गर्ने विश्वास छ ।
  • गणेश भगवानलाई मिठाइ र मकैको भोग लगाएमा भक्तको घरमा अन्नअनाजको कहिल्यै अभाव हुनेछैन ।
  • रातो फूलको प्रयोगले श्री वृद्धि हुनुका साथै मानमर्यादा पनि बढ्नेछ ।
  • गणेश भगवानलाई सिंगो चामलको अक्षताले पूजा गर्दा आराधना स्वीकार गरिनुका साथै चिताएका कार्य सफल हुनेछन् ।

गणेश भगवानको पूजा गर्दा जप्ने मन्त्रहरुः

  • श्री गणेशाय नमः
  • ॐ श्री गणेशाय नमः
  • गं गणपतये नमः
  • ॐ गं गणपतये नमः
  • ॐ गं ॐ गणाधिपतये नमः
  • ॐ सिद्धि विनायकाय नमः
  • ॐ गजाननाय नमः
  • ॐ एकदन्ताय नमो नमः
  • ॐ लम्बोदराय नमः
  • ॐ वक्रतुंडाय नमो नमः
  • ॐ गणाध्यक्षाय नमः

मंगल ग्रहले मंगलबारको दिनको आफ्नो प्रकोपले लगाएका विभिन्न दोष मेटाउन मंगलबारका साथै बुधबार पनि गणेश भगवानको पूजा गरिन्छ । बुधबार भने व्रत बसेर पूजा गरिरहनु पर्दैन । मंगलबार माथि उल्लेखित विधि अनुसार पूजा गरेर बुधबार भने सामान्य विधिले पूजा गर्दा पर्याप्त हुन्छ । बुधबार सुरुमा मंगलमयको कामना गर्दै गणेश भगवानको र त्यसपछि कष्टहरणको आशिर्वाद माग्दै दुर्गा माताको पूजा गर्नुपर्दछ ।

Leave a Comment

Your email address will not be published.