Table of Contents
धनतेरसको पूजा विधि (Dhanteras Puja Vidhi)
दिवालीको शुरुवातमा Dhanteras Puja को विशेष महत्व छ। Dhanteras को साझको समयमा उत्तर दिशामा कुबेर, धन्वंतरि भगवान र Mata laxmi ko पूजा गरिन्छ. पूजाको समय घीउ को दिपक जलाइन्छ. कुबेरलाइ सेतो मिठाई र भगवान धन्वंतरिलाइ पहेलो मिठाई चढाइन्छ. पूजा गर्ने समयमा “ॐ ह्रीं कुबेराय नमः” मंत्रको जप गर्नु पर्दछ र धन्वंतरि स्तोत्रको पाठ पढ्नु पर्दछ. त्यस पछी भगवान गणेश र माता लक्ष्मीको पूजा गरिन्छ. माटोको दियो जलाइ, माता लक्ष्मी र भगवान गणेश को भोग लगाइ फूल चढाउनुहोस. भनिन्छ यसको जन्म समुन्द्र मन्थनवाट भएको हो। धनतेरसको दिन सुन-चांदी, बर्तन तथा अन्य समाग्री खरिद गर्ने परम्परागत मान्यता छ।

धनतेरसको पूजा सामाग्रीहरु (Dhanteras Puja Samagri List) :
२१ कमल बीज, ५ प्रकारका मणि पत्थर, 5 सुपारी, लक्ष्मी–गणेशको शिक्का अथवा 10 ग्राम जति भए नि हुन्छ, पत्र, अगरबत्ती, चूड़ी, तुलसी, पान, सिक्का, काजल, चंदन, लौंग, नारियल, दहीशरीफा, धूप, फूल, चावल, रोली, गंगा जल, माला, हल्दी, शहद, कपूर आदि।
धनतेरस यो मन्त्रका साथ जप गर्नुपर्छ (Dhanteras Puja Mantra)
साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन-धान्यधिपतये धन-धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ । यसो गर्दा धनको कमी हुँदैन भन्ने किंवदन्ती छ ।
धनतेरसमा के खरिद गरिन्छ (Dhanteras ma ke kinne)
धनतेरसको दिन सुन-चांदी, बर्तन तथा अन्य समाग्री खरिद गर्ने परम्परागत मान्यता छ। धनतेरसको दिन हिन्दुहरुले नयाँ समान खरिद गरि जोड्नाले घरमा धनको वृद्धि हुनका साथै कहिल्लै समान र धनको अभाव हुदैन भन्ने परम्परागत मान्यता भएका कारण धनतेरसका दिन सामान खरिद गर्ने गरिन्छ । तपाईं धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्वउत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिदैन । अतः आफ्नु लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।

धनतेरसमा मा ध्यान दिनु पर्ने कुराहरु : Dhanteras ma ke garne
- धन्तेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने मानिन्छ ।
- यदि तपाईंसँग पैसा टिँक्दैन र धनको कमी हुन्छ भने धन्तेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसोगर्दा पैसा टिक्न थाल्छ ।
- ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नुपर्छ । यसो गर्नाले तपाईंको रोकिएको काम पूरा हुन्छ ।
- धन्तेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नुपर्छ । त्यसो गर्नाले तपाईले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ ।
- धन्तेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो पर्दैन ।
very nice artcle