माँ काली पूजा विधि तथा मंत्र- माता काली पूजा- Mata Kali Puja
दुई तरिकाबाट माता कालीको पूजा गरिन्छ, एक सामान्य र अक्रो तंत्र पूजा। सामान्य पूजा जो कोहीले पनि गर्न सक्छ तर तंत्र पूजा बिना गुरूको संरक्षण र निर्देशन विना सकिदैन। कालीको उपसाना मध्य रात्रीको हुन्छ। माता कालीको पूजामा कालो तथा रातो बस्तुको महत्व हुन्छ. माता कालीको मंत्र जप भन्दा पनि यिनको ध्यान गर्न अति उत्तम मानिन्छ । मां कालीको घरमा पूजा गर्नाले जल्दी फल प्राप्त हुन्छ । सरसफाइ र शुद्धताका साथ माता कालीको पूजा गर्ने सहि समय मध्य रात्री मानिन्छ ।
Kali Puja Mantra- माता काली पूजा गर्दा तलको मंत्र पढ्नुहोस ।
ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चै:
नमः ऐं क्रीं क्रीं कालिकायै स्वाहा
ऐं नमः क्रीं क्रीं कालिकायै स्वाहा

दुश्मनबाट छुटकारा पाउन माता कालीको पूजा गर्न उत्तम मानिन्छ ।
माता काली को उपासना शत्रु र विरोधीलाइ शांत गर्नाका लागी गरिन्छ र तर कसैको मृत्यका लागी हैन. तपाइ विरोधी अथवा कुनै शत्रुबाट परेशान हुनुहुन्छ भने यसको उपाय यस प्रकार रहेको छ – तपाइको शत्रुले तपाइलाइ परेशान गरि रहेको छ भने तपाइ रातो कपडा लगायर रातो आसनमा बसी मां कालीलाइ दीपक र गुग्गलको धूप जलाउने। मां लाइ प्रसादको रुपमा पेडा र लौंग चढाउने। यस पछी ‘ऊँ क्रीं कालिकायै नमः’ को 11 माला जाप गरेर, शत्रुबाट मुक्तिका लागी प्रथाना गर्ने। मंत्र जप गरि सके पछी १५ मिनट जति पानी नछुने। यो लगातार 27 रात सम्म गर्ने ।
माता कालीको पूजा विधि- Mata Kali Puja
- मा कालीको घर मै पूजा गर्ने । आफ्नो घरमा माता कालीको प्रतिमा स्थापित गर्ने। यसमा तिलक लगाउने र फुल अप्रित गर्ने। मां कालीको पूजामा रातो रंगको फूल र कालो रंगको कपडा प्रयोग गर्ने।
- आसनमा वसेर प्रतिदिन माता कालीको मंत्र 108 पटक जप गर्ने। माता काली गायत्री मंत्र अथवा मां को बीज मंत्रोंको जप गर्न फलदायी मानिन्छ ।
- माता कालीको ह्रीं” और “क्रीं” मंत्रको प्रयोग फलदायी मानिन्छ। यि दुइ ओटा एकाक्षर मंत्र हुन। यिनिलाइ विशेष गरी दक्षिण कालीको मंत्र भनिन्छ। ज्ञान र सिद्धी प्राप्तिका लागी यो मंत्रको विशेष महत्व छ। यसको साथै घरमा प्रतिदिन “क्रीं क्रीं क्रीं स्वाहा” मंत्रको 108 बार जप गर्नाले सबै दुखको निवारण हुनका साथै धन र शान्ती प्राप्ती हुन्छ।
- यसका साथै द्विअक्षर मंत्र “क्रीं क्रीं” र त्रिअक्षरी मंत्र ‘क्रीं क्रीं क्रीं’ काली माताको साधना र उनको प्रचंड रूपको आराधनाको विशिष्ट मंत्र हो। द्विअक्षर र त्रिअक्षरी मंत्रको प्रयोग तांत्रिक साधना मंत्र भन्दा पहला र पछी गरिन्छ ।
- दुर्गासप्तशतीमा वर्णित “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चै:’ मंत्रको वर्णन छ जो मां को नौ स्वरूप लाइ समप्रित छ। नवरात्रको विशेष समयमा तपाय यस मंत्रको जप घरमा गर्न सक्नु हुन्छ। यसबाट ग्रह समस्या समाधान हुन्छ।
- “ॐ क्रीं क्रीं क्रीं दक्षिणे कालिके क्रीं क्रीं स्वाहा:” मां कालीको समर्पित एक बेहद शक्तिशाली मंत्र हो जसको प्रयोग नवरात्रको विषेश दिनमा गरिन्छ .

माता कालीको बीज मंत्र- Mata Kali beej mantra
“क्रीं” बीज मंत्रको बारेमा महत्वपूर्ण जानकारी: “क्रीं” काली बीज । यो काली माताको बीज मंत्र हो। शत्रु शमन, पराक्रम, सुरक्षा, स्वास्थ्य लाभ आदि कामनाको पूर्तिका लागी रातो रंगको आसनमा उत्तराभिमुख भएर बस्ने रुद्राक्षको माला सहित नित्य एक हजार बार जप गर्ने।
क्रीं बीज मंत्र चार स्वर-व्यंजन बाट रचित छ।
क = काली
र = ब्रह्म
ईकार = महामाया
अनुस्वार = दुख विनाशक
क्रीं मंत्रको अर्थ यस प्रकार छ – महाकाली माता मेरो दुखको नाश गर्नुहोस।
Kali Gayatri Mantra – माँ काली गायत्री मंत्र
“ॐ कालिकायै च विद्महे, श्मशानवासिन्यै धीमहि, तन्नो काली प्रचोदयात् ।।”
(Om Kalikae Cha Vidmahe Shamshanwasinyae Dheemahi Tanno Kali Prachodaya)