नवग्रह पूजा विधि तथा शान्ती मंत्र- Navagraha Shanti Puja Vidhi

नवग्रह पूजन विधि : Navagraha Pooja Vidhi and Graha Shanti Puja

नवग्रह पूजन विधि : शास्त्र अनुसार नवग्रहका नामहरु सूर्य, चंद्रमा, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु हुन। व्यक्तिको नाम, जन्म तारीख, समय र जन्मस्थानका आधारमा उसको जन्मपत्रिका तथा कुंडली बनाइन्छ र कुंडलीमा यिनै नौ ग्रहोंको स्थितिका आधारमा व्याक्तिको भविष्य निर्धारण गरिन्छ। यदि नौ ग्रह कुन्डलीमा सही स्थानमा छन भने, त्यसको जिवन मंगल हुनका साथै सबै कार्य सफल हुन्छन र नवग्रह कुंडलीमा गलत दिशामा छन् भने भनिन्छ मान्छेको जिवनमा विभिन्न समस्याहरु आउन शुरु हुन्छन। राशिमा यिनी ग्रहहरुको दिशा समय-समय मा बदली रहन्छ ।

शास्त्र अनुसार नव ग्रहोंको पूजा गर्नाले जिवनमा हरेक समस्याहरुको निराकरण हून्छ । नवग्रह पूजा के हो र नवग्रह पूजन विधिको वारेमा यस लेखमा तपाइलाइ भनिएको छ । आउनुहोस नवग्रह पूजा के हो र यसको पूजा विधि के छ पढौ ।

नवग्रह पूजन विधि-Navagraha Pooja

ग्रहहरुको पूजा गर्नुलाइ नै नवग्रह पूजा भनिन्छ। जव हाम्रो कुन्डलीमा यिनीको नकारात्मक असर पर्दछ तब नवग्रहको पूजा गरिन्छ । नवग्रहको पूजा गर्नाले यिनी ग्रहहरुको नकारात्मक प्रभावबाट बच्न सकिन्छ र शुभ फल मिल्न शुरु हुन्छ। हरेक नव ग्रहका अलग अलग बीज मंत्र हरु हुन्छन र पूजा गर्ने समयमा यिनी ग्रहको मंत्र जाप गरिन्छ।

नवग्रहों के बीज मंत्र-Navagraha Puja Mantra

नवग्रह पूजा विधिका लागी सब भन्दा पहिला ग्रहहरुको आह्वान गर्न जरुरी छ र त्यस पछी उनको स्थापना गर्ने। नवग्रहका ९ बीज मंत्र यस प्रकार छनः –

सूर्य ग्रह

सूर्यलाइ नवग्रहों (Navagraha) को राजा मानिन्छ र यस ग्रहलाइ शान्त राख्नका लागी र यसको प्रभाव वाट बच्नका लागी “ॐ हृां हीं सः सूर्याय नमः”  मंत्र को जप गर्नु पर्दछ। यसका साथै गँहू, घी, तामा र गुड़ जस्ता कुराको दान गर्नु पर्दछ। यसो गरेमा यह ग्रहबाट सही फल प्राप्त हुन्छ। सूर्य ग्रहलाइ प्रसन्न गर्नाका लागी रविवार प्रातःमा सूर्यलाइ अर्घ्य दिने तथा जलमा लाल चंदन मिलायर, गुड़ र सेतो पुष्प हालेर सूर्य मंत्रको जप गर्दै 7 बार परिक्रमा गर्ने।

चंद्रमा ग्रह

चंद्र ग्रह कमजोर भएमा कुनै पनि कार्यमा सफलता प्राप्त हुदैन। यस ग्रहबाट शुभ फल पाउनको लागी तपाइले “ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः”  मंत्रको जप गर्नु पर्दछ। र सेतो वस्तु को दान गर्नु पर्दछ। चंद्र ग्रहलाइ खुसी राख्न सधै बुढा बुढीको मान सम्मान गर्ने र आशीर्वाद लिने। चंद्रमा पानीको कारक हुन। त्यसैले कुवा, तलाब, नदीका आसपास गन्दगी नगर्ने। सोमवारको दिन चावल र दूध को दान गर्ने।

मंगल ग्रह

यदि मंगल ग्रहको प्रभाव परेको छ भने “ॐ क्रां क्रीं क्रों सः भौमाय नमः” मंत्रको जप गर्ने र रातो रंगको वस्तुहरुको दान गर्नु पर्दछ। रातो रंग मंगल ग्रह संग सम्बन्धित मानिन्छ। त्यसैले रातो रंगको वस्तु दान गर्नाले यो ग्रह शान्त हुन्छ भन्ने मान्यता रहेको छ। मंगलका लागी हनुमान जीलाइ रातो चोला चढाउने, मंगलवारको दिन सिंदूर तथा  चमेलीको तेल हनुमान जीलाइ अर्पण गर्ने। यसबाट हनुमान जी प्रसन्न हुन्छन। यसको प्रयोग केवल पुरुष मात्र ले गर्ने।

बुध ग्रह

बुध ग्रहलाइ शान्त राख्नका लागी “ॐ ब्रां ब्रीं ब्रों सः बुधाय नमः” मंत्र को जप गर्ने र यस मंत्रको जप गर्नाले बुध ग्रहको दशा कुन्डलीमा सहि हुन्छ। यसका साथै बुधवारको दिन मूंग, हरियो वस्त्र, कपूर जस्ता वस्तुको दान गरिन्छ। बुध ग्रहका लागी तामाको शिक्कामा प्वाल पाडेर बग्दै गरेको नदीमा वहाउने। बुधलाइ अनुकूल गर्नाका लागी वहिनी, छोरी वा फुफुलाइ इज्जत तथा सम्मान दिने र आशीर्वाद लिने। शुभ कार्य (मकान मुर्हूत) (शादी-विवाह) को समयमा वहिनी वा छोरीलाइ केहि न केही अवश्य दिने र आशीर्वाद लिने। कहिले काँही (नपुंसक) को पनि आशीर्वाद लिदा हुन्छ।

गुरु ग्रह

गुरु ग्रह को प्रभाव परेको छ भने पहिलो रंगको वस्तु जस्तै दाल, हल्दी आदीको दान गर्ने र केलाको पेडको पूजा गर्ने। यस ग्रहलाइ शान्त राख्नका लागी  “ॐ ग्रां ग्रीं ग्रों सः गुरुवै नमः” मंत्र को जप गरिन्छ। बृहस्पति ग्रहको लागी आफु भन्दा ठूलाको पाउ छुयर आशीर्वाद लिने। पीपलको रुखको सामुन्य कहिल्यै गंदगी नफैलाउने र जब कुनै मंदिर, धर्म स्थानको नजिकबाट जाँदा सिर झुकायर, हाथ जोडेर जाने।

शुक्र ग्रह

शुक्र ग्रहलाइ शान्त राख्नका लागी “ॐ द्रां द्रीं द्रों सः शुक्राय नम:” को जप गर्ने र सेतो वस्तु जस्तै चावल, दूध, चांदीको दान गरिन्छ । शुक्र ग्रह यदि राम्रो छैन भने पत्नी र पतिको आपसी सहमतबाट नै कुनै कार्य गर्ने। जब घर नयाँ घर बनाइन्छ त्याहाँ कच्ची जमीन अवश्य राख्ने तथा रुखहरु रोप्ने। कच्चा जमिन शुक्रको प्रतीक हो। जुन घरमा खाली कच्चा जग्गा हुदैन भनिन्छ त्यो घरमा स्त्री खुश हुदैनन।

शनि ग्रह

शनि ग्रहको प्रभाव कम गर्नाका लागी “ॐ प्रां प्रीं प्रों सः शनैश्चराय नम:” मंत्रको जप गरिन्छ र  तिल, तेल, कालो वस्त्र, कंबल, चप्पल जस्ता वस्तुको दान गरिन्छ। शनि ग्रहबाट पिडित व्याक्तीले अपांङ्ग व्याक्तीको सहयोग गर्नु पर्दछ। कारण शनि देव पनि लंगडा नै हुन त्यसैले अपाङ्ग लुला लगडाको सहयोग गर्नाले शनि प्रश्न्न हुन्छन ।

राहु ग्रह

राहु ग्रहको प्रभावलाइ कम गर्नाका लागी “ॐ भ्रां भ्रीं भ्रों सः राहवे नमः” मंत्रको जप गर्ने र नीलो रंगको वस्त्र, सरसों र दालको दान शनिवारको दिन गर्ने। राहु ग्रहबाट पिडित व्याक्तीले कौड़ि दान गर्ने। रातमा सिरानमा केही मूलि राखेर विहान उनको दान गरिदिने। कहिले काँही सफाइ गर्ने पिउनहरुलाइ चाय पिउन पैसा दिने गर्ने। केतु ग्रहको शान्तिका लागी गणेश चतुर्थीमा पूजा गर्ने। कुत्ता पालनु र कुत्ता को सेवा गर्नु पर्दछ र कुकुरलाइ रोटी विस्कुट खेलाउने।

केतु ग्रह

यस ग्रहलाइ शान्त राख्नका लागी अन्न, तेल र ऊनी कपड़ाको दान गर्न उत्तम मानिन्छ। यस ग्रहबाट शान्ति पाउनका लागी “ॐ स्रां स्रीं स्रों सः केतवे नमः” मंत्रको जप गरिन्छ। केतु ग्रहका लागी काले-सेतो कंबल दान गर्नाले फाइदा हुन्छ। केतु-ग्रह लाइ खुस गर्नाका लागी पत्नीको भाई (साला), छोरीको पुत्र र छोरीको पति (ज्वाइ) को सेवा गर्ने।

नवग्रह पूजन विधि तथा मंत्र- Navagraha Shanti Puja vidhi

सूर्य

पहिला चौकीमा नवग्रह (Navagraha) तालिका बनाइन्छ र यस तालिकलाइ बनाउने समयमा सबभन्दा पहिला सूर्य देवको आह्वान गरिन्छ र सूर्य देवलाइ आह्वान गर्दै रातो अक्षत र रातो रंगका फूल हातमा लियर तलको मंत्र उच्चारण गर्ने।

मंत्र

ॐ आ कृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्यं च ।
हिरण्येन सविता रथेना देवो याति भुवनानि पश्यन्‌ ॥

जपा कुसमसंकाशं काश्यपेयं महाद्युतिम्‌ ।
तमोऽरिं सर्वपापघ्नं सूर्यमावाहयाम्यहम्‌ ॥

ॐ भूर्भुवः स्वः कलिंगदेशोद्भव कश्यपगोत्र रक्तवर्ण भो सूर्य! इहागच्छ, इहतिष्ठ
ॐ सूर्याय नमः, श्री सूर्यमावाहयामि स्थापयामि च।

चंद्र

सूर्य ग्रहलाइ आह्वान गरि सके पछी चंद्र ग्रहलाइ सम्झिने र  बायाँ हातमा सेतो अक्षता र फूल लियर चौकीमा छोड्दै निम्न मंत्र  उच्चारण गरिन्छ ।

मंत्र

ॐ इमं देवा असनप्न(गुँ) सुवध्वं महते क्षत्राय

महते ज्येष्ठ्याय महते जानराज्यायेन्द्रस्येंद्रियाय ।

इमममुष्य पुत्रममुष्यै पुत्रमस्यै विश एष वोऽमी
राजा सोमोऽस्माकं ब्राह्मणाना(गुँ); राजा ॥

दधिशंखतुषाराभं क्षीरोदार्णवसम्भवम्‌ ।
ज्योत्स्नापतिं निशानाथं सोममावाहयाम्यहम ॥

ॐ भूर्भुवः स्वः यमुनातीरोद्धव आत्रेय गोत्र शुक्लवर्ण भो सोम! इहागच्छ, इहतिष्ठ

मंगल

तेस्रो नम्बरमा मंगल ग्रहलाइ आह्वान गरिन्छ र यस ग्रहलाइ आह्वान  गर्ने समयमा हाथमा रातो फूल र रातो अक्षत लियर छोड्दै तलको मंत्र उच्चारण गरिन्छ ।

मंत्र

ॐ अग्निर्मूर्धा दिवः कुकुत्पतिः पृथिव्या अयम्‌।
अपा(गुँ)श्रेता(गुँ)सि जिन्वति ॥

धरणीगर्भसम्भूतं विद्युत्तेजस्समप्रभम्‌ ।
कुमारं शक्तिहस्तं च भौममावाहयाम्यहम्‌ ॥

ॐ भूर्भुवः स्वः अवन्तिदेशोद्भव भारद्वाजगोत्र रक्तवर्ण भो भौम! इहागच्छ, इहतिष्ठ ॐ भौमाय नमः, भौममावाहयामि स्थापयामि च।

बुध

बुध ग्रहको आह्वान गर्ने समयमा हल्दी वाला अक्षत र फूल अर्पित गर्दै तलको मंत्रको उच्चारण गरिन्छ –

मंत्र

ॐ उद्बुध्यस्वाग्ने प्रति जागृहि त्वमिष्टापूर्ते स(गुँ)जेथामयं च ।
अस्मिन्त्सधस्थे अध्युत्तरस्मिन्‌ विश्वे देवा जयमानश्च सीदत ॥
प्रियंगकलिकाभासं रूपेणाप्रतिमं बुधम ।
सौम्यं सौम्यगुणोपेतं बुधमावाहयाम्यहम्‌ ॥

ॐ भूर्भुवः स्वः मगधदेशोद्भव आत्रेयगोत्र पीतवर्ण भो बुध! इहागच्छ, इहतिष्ठ
ॐ बुधाय नमः, बुधमावाहयामि, स्थापयामि च ।

बृहस्पति

बृहस्पति ग्रहको आह्वान गर्ने समयमा पहिलो रंग (हल्दी वाला) अक्षत र पहिलो रंगको फूलको प्रयोग गरिन्छ र यिनिलाइ अर्पित गर्दै तल दिएको मंत्र उच्चारण गर्ने –

मंत्र

ॐ बृहस्पते अति यदर्यो अर्हाद् द्युमद्विभाति क्रतुमज्जनेषु।
यद्दीदयच्छवसः ऋतप्रजात्‌ तदस्मासु द्रविणं धेहि चित्रम्‌ ॥

उपयामगृहीतोऽसि बृहस्पतये त्वैष ते योनि बृहस्पतये त्व ।देवानां च मनीनां च गुरुं काञ्चनसन्निभम्‌ ।
वंदनीयं त्रिलोकानां गुरुमावाहयाम्यंहम्‌ ॥

ॐ भूर्भुवः स्वः सिन्धुशोद्धव आडिगंरसगोत्र पीतवर्ण भी गुरो! इहागच्छ, इहतिष्ठ
ॐ बृहस्पतये नमः, बृहस्पतिमावाहयामि स्थापयामि च ।

शुक्र

नवग्रह पूजन विधि अनुसार शुक्र ग्रहलाइ आह्वान गर्नका लागी चावल र सेतो रंगको फूल हाथ मा लिएर तलको मंत्र उच्चारण गरिन्छ ।

मंत्र

ॐ अन्नात्परिस्रुतो रसं ब्रह्मणा व्यपिबत्क्षत्रं पयः सोमं प्रजापतिः ।
ऋतेन सत्यमिन्द्रियं विपान(गुँ) शुक्रमन्धस इंद्रस्येद्रियमिदं पयोऽमृतं मधु ॥

हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुम्‌ ।
सर्वशास्त्रप्रवक्तारं भार्गवमावाहयाम्यमहम्‌ ॥
ॐ भूर्भुवः स्वः भोजकटदेशोद्धव भार्गवगोत्र शुक्लवर्ण भो शुक्र! इहागच्छ, इहतिष्ठ
ॐ शुक्राय नमः, शुक्रमावाहयामि स्थापयामि च ।

शनि

शनिलाइ आह्वान गर्नका लागी कालो रंगका अक्षताको प्रयोग गरिन्छ र तलको मंत्रको उच्चारण गरिन्छ।

मंत्र

ॐ शं नो देवीरभिष्टय आपो भवन्तु पीतये।
शंयोरपि स्रवन्तु नः ।

नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम्‌ ।
छायामार्तण्डसम्भूतं शनिमावाहयाम्यहम्‌ ॥

ॐ भूर्भुवः स्वः सौराष्ट्रदेशोद्धव कश्यपगोत्र कृष्णवर्ण भो शनैश्चर! इहागच्छ, इहतिष्ठ ॐ शनैश्चराय नमः, शनैश्चरमावाहयामि, स्थापयामि च ।

राहु

राहु ग्रहको आह्वान गर्नाका लागी कालो रंगका अक्षता र फूललाइ बायाँ हातमा लियर अर्पित गर्दै तल दिएको मंत्रको उच्चारण गरिन्छ।

मंत्र

ॐ कया नश्चित्र आ भुवदूती सदावधः सखा ।
कया शचिष्ठया वृता ॥

अर्धकायं महावीर्यं चंद्रादित्यविमर्दनम्‌ ।
सिंहिकागर्भसम्भूतं राहुमावाहयाम्यहम्‌ ॥

ॐ भूर्भुवः स्वः राठिनपुरोद्धव पैठीनसगोत्र कृष्णवर्ण भो राहो! इहागच्छ, इहतिष्ठ ॐ राहवे नमः, राहुमावाहयामि स्थापयामि च ।

केतु

नवग्रह पूजन विधि अनुसार केतु ग्रहको आह्वान गर्नाका लागी धूमिल अक्षता र फूल अर्पित गरदै तल दिएको मंत्रको उच्चारण गरिन्छ ।

मंत्र

ॐ केतुं कृण्वन्नकेतवे पेशो मर्या अपेशसे ।
समुषद्धिरजायथाः ॥

पलाशधूम्रसगांश तारकाग्रहमस्तकम्‌ ।रौद्रं रौद्रात्मकं घोरं केतु मावाहयाम्यहम्‌ ॥

ॐ भूर्भुवः स्वः अंतवेदिसमुद्धव जैमिनिगोत्र धूम्रवर्ण भी केतो! इहागच्छ, इहतिष्ठ
ॐ केतवे नमः, केतुमावाहयामि स्थापयामि च ।

नवग्रहको स्थापना र यिनिहरुको आह्वान गरि सके पछी आफ्नो हातमा अक्षता लिएर तल दिएको मंत्र उच्चारण गर्ने। तल दिएको मंत्र नवग्रह मंडलमा प्रतिष्ठाका लागी उच्चारण गरिन्छ ।

नवग्रह (Navagraha Mantra) मंत्र

ॐ मनो जूर्तिर्ज्षतामाज्यस्य बृहस्पतिर्यज्ञमिमं ततनोत्वरिष्टं यज्ञ(गुँ)सममं दधातु।
विश्वे देवास इह मादयन्तामो3म्प्रतिष्ठा ॥

अस्मिन नवग्रहमंडले आवाहिताः सूर्यादिनवग्रहादेवाः सुप्रतिष्ठिता वरदा भवन्तु ।

ॐ ब्रह्मा मुरारिस्त्रिपुरान्तकारी भानुः शशी भूमिसतो बुधश्च गुरुश्च शुक्रः शनि राहुकेतवः सर्वेग्रहाः शांतिकरा भवन्तु ॥

सूर्यः शौर्यमथेन्दुरुच्चपदवीं सन्मंगलं मंगलः सद्बुद्धिं च बुधो गुरुश्च गुरुतां शुक्र सुखं शं शनिः ।
राहुर्बाहुबलं करोतु सततं केतुः कुलस्यो नतिं
नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनकूला ग्रहाः ॥

नवग्रह लाइ आह्वान गरि सके पछी शिव जीको पनि पूजा गर्ने। शिव जी को पूजा गर्ने समयमा अभिषेक पनि गर्ने। यसको पूजा गरेमा नवग्रह शान्त तथा लाभ प्राप्त हुन्छ ।

नवग्रह दान मुहूर्त – Navagraha Daan Muhart

  1. सूर्य का दान : ज्ञानी पंडितलाइ आइतवार दोपहरको समयमा ।
  2. चंद्र का दान : सोमवारको दिन, पूर्णमासी अथवा एकादशीमा नवयौवना स्त्रीलाइ दिने।
  3. मंगल का दान : क्षेत्रि नवयुवकलाइ दोपहरको समयमा दिने।
  4. बुध का दान : कुनै कन्यालाइ बुधवार साझको समयमा।
  5. गुरु का दान : ब्राह्मण रज्योतिषी लाइ प्रातः कालमा।
  6. शुक्र का दान : सायंकालमा नवयुवतीलाइ दिने।
  7. शनि का दान : शनिवारमा गरीब, अपाहिजलाइ साझको समयमा।
  8. राहु का दान : कोढ़ीलाइ साझको समयमा।
  9. केतु का दान : साधुलाइ दिने।

2 thoughts on “नवग्रह पूजा विधि तथा शान्ती मंत्र- Navagraha Shanti Puja Vidhi”

Leave a Comment

Your email address will not be published. Required fields are marked *