कुन वार कस्को पूजा (Hindu daily worship)

Hindu daily worship- कुन वार कस्को पूजा गर्ने || (kun bar kasko Puja garne)

कुन बार कस्को पूजा गर्ने यसको जानकारी यसमा दिएको छ । वार अनुसार कुन भगवानको पूजा गर्ने र कसरी व्रत बस्ने यसको विधि र तरिका नजानेमा फलदायी हुनको सट्टा यसले नकारात्मक असर पुर्यान्छ । त्यसैले कुन वार कस्को पूजा गर्ने वा व्रत लिने र कुन भगवानको पूजा कसरी गर्ने यसको जानकारी यस छोटकरीमा तल दिएको छ ।

आइतवार कस्को पूजा गर्ने (Puja ritual steps)

आइतबारः आइतबारमा सूर्य देवको पूजा गरिन्छ। यस दिनमा व्रत वस्नेले घिऊँ, तेल र नुनबाट खानु हुदैन यसो गरेमा शुभ फल मिल्नेछ । आइतबारको दिन विहान सूर्यलाइ जल अर्पण गर्ने, रातो रंगको कपडा लगाउने, रातो चन्दनको टीका लगाउने र रातै रंगको फल–फूल सूर्य नारायणलाई अपर्ण गरी गरिबहरुलाई बाढेको खण्डमा फल प्राप्ति हुनेछ ।

Read more…..

सोमवार कस्को पूजा गर्ने (Puja mantra)

सोमबारःसोमबारको दिन महादेव शिवजीको पूजा गरिन्छ । यस दिन देवताको पनि देवता, महादेव र चन्द्र ग्रहको पूजा गरे फल प्राप्ति हुनेछ । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुनेछ । अविवाहित कन्याले आफुले चाहेको जीवन साथी पाउनका लागि यो दिन व्रत बसे मनोकांक्षा पूरा हुने हिन्दू धर्मानुसार विश्वास छ ।

Read more….

मंगलवार कस्को पूजा गर्ने (Puja for beginners)

मंगलबारः मंगलबारको दिन महावली हनुमान र मंगल ग्रहको लागि समर्पित छ । मंगलबारको दिन हुनमानको जन्म भएको थियो । महावली हनुमानलाई रातो रंगको मिठाइ चढाएको खण्डमा शनि तथा मंगल ग्रहको शुभकामना मिल्नेछ । यो दिन व्रत बस्नाले जीवनमा कहिल्यै पनि अशुभले घेर्ने छैन । यो दिन रातो वस्त्र लगाउनु उत्तम हुनेछ ।

Read more……

बुधवार कस्को पूजा गर्ने (Types of puja)

बुधबारः बुधवारको दिन बुद्धिका दाता भगवान श्री गणेशको व्रत वस्ने र पूजा गर्ने दिन हो । बुधबार श्री गणेशका साथै बुध ग्रहको पनि पूजा गरिन्छ । यस दिन मुंगको दाल, घिऊँ वा दहीको दान गरेमा समाजमा मानसम्मान बढ्ने र बुद्धि बढ्ने छ । साथै, यो दिन दही युक्त अन्नले भगवान विष्णुको पूजा गर्नाले पुत्र सुख मिल्ने छ । यो दिन हरियो रंगको पहिरन लगाउनु शुभ हुनेछ ।

Read More………

विहिवार कस्को पूजा गर्ने (best time to do Pooja at home)

बिहीबारः बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको व्रत वस्ने तथा पूजा गर्ने गरिन्छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ ।

Read More>>

शुक्रवार कस्को पूजा गर्ने (Power full mantra for miracle)

शुक्रबारः शुक्रवारको दिन देवी दुर्गाको पूजाआजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ । यो दिन सेतो कपडा लगाउनु पर्नेछ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ भन्ने मान्यता छ ।

Read more >>

शनिवार कस्को पूजा गर्ने

शनिबारः यो दिन भगवान शनिदेवको पूजा गरिन्छ र शनिको व्रत वस्ने चलन छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ । यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ ।

Read more >>